Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार पाउण्डको भाउ बढ्यो, डलर र कतारी रियाल स्थिर

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ । अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ५८ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ३४ पैसा र बिक्री दर १७३ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK