काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको कार्यकारी निर्देशक पदमा करिब ७ वर्ष काम गरेर सञ्जय कुमार सिन्हा संस्थाबाट बिदा भएका छन् ।
उनले केही समय अगाडि नै आइक्यानबाट राजिनामा दिएका थिए ।
उनको राजिनामा स्वीकृत भइसकेको छ भने नयाँ कार्यकारी निर्देशक चयन प्रक्रियासमेत अगाडि बढिसकेको छ ।
एक कार्यक्रमका बीच सिए सिन्हालाई कर्मचारीले बिदाई गरेका छन् ।