×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

Artha Sarokar

३ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठग्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीय कृष्ण राज तिवारी र ४८ वर्षीय अनुप चन्द्र सुब्बा रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये कृष्ण राज तिवारीले ३ जनालाई आयरल्याण्ड र इजरायल लगायतका देशमा पठाउन भन्दै ९ लाख रुपैयाँ ठगी गरेका थिए ।  त्यस्तै, अनुप चन्द्र सुब्बाले एक जनाबाट ५ लाख रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धना तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी