Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको ग्रिन पिन सेवा सुरु, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकले ग्रिन पिन सेवा सुरु गरेको छ । यस सेवा सञ्चालनमा आएसँगै अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । 

बैंकका अनुसार ग्राहकहरूले आफ्नो नयाँ कार्ड सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुँदा यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको बिश्वास छ । 
साथै, कागजि पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पूःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै कागजबिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK