Skip to content
LAXMI SUNRISE BANK

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३० हजार ६ सय ६० रुपैयाँ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५८६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK