Skip to content
LAXMI SUNRISE BANK

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको छ ।

यता मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK