×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओ बाँडफाँडमा सन नेपाल लाइफका सीईओको बदमासी, सीईओविरुद्धको उजुरी बोर्डले सीआईबी पठायो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आईपीओ बाँडफाँडमा सन नेपाल लाइफका सीईओको बदमासी, सीईओविरुद्धको उजुरी बोर्डले सीआईबी पठायो 

१९ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्समा आईपीओ बाँडफाँडमा सीईओले बदमासी गरेको पाइएको छ । कम्पनीका सीईओ राजकुमार अर्यालले कर्मचारीका लागि भनेर छुट्याइएको आईपीओमा बदमासी गरेको पाइएको हो । 

२०८० जेठ २५ गते कम्पनीको सञ्चालक समितिको बैठकले कुल आईपीओको ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याउने निर्णय गरेको थियो । 

अर्थात, कम्पनीले जारी गरेको कुल ९६ लाख कित्ता आईपीओमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको थियो । तर, कर्मचारीका लागि छुट्याइएको ८० प्रतिशत सेयर संस्थाका सीईओ अर्याल आफैँले राखेको र तल्लो तहका कर्मचारीका लागि २० प्रतिशत मात्रै सेयर दिएको पाइएको छ । 

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा कुल आईपीओको ५ प्रतिशतसम्म कर्मचारीका लागि छुट्याउनुपर्ने भनिए पनि कर्मचारीभित्र कसरी सेयर बाँडफाँड गर्ने मापदण्ड नहुँदा सीईओ अर्यालले पदको दुरुपयोग गर्दै कर्मचारीका लागि छुट्याइएको सेयरमा रजाइँ गरेको कर्मचारीहरुको आरोप छ । यतिसम्मकि आईपीओ बाँडफाँडमा सीईओले विभेदपूर्ण व्यवहार गरेको भन्दै संस्थाका केही कर्मचारीले सीईओ अर्यालविरुद्ध धितोपत्र बोर्डमा उजुरीसमेत दिएका थिए । 

यसो त उक्त उजुरीउपर छानबिन गरेको बोर्डले कर्मचारीका लागि छुट्याइएको आईपीओ बाँडफाँडमा कैफियत देखाएको थियो । कर्मचारीका लागि छुट्याइएको ८० प्रतिशत सेयर सीईओ आफैँले राखेको निष्कर्ष निकाल्दै बोर्डले उक्त कार्यमा संस्थाका सीईओ र सञ्चालक समिति दोषी भएको निष्कर्ष निकालेको थियो । तर, कारबाही गर्नेबारे बोर्डमा छलफल चलिरहँदा नेतृत्वविहीन भएको बोर्डले कानून संशोधन गरेर अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएपछि सन नेपाल लाइफको फाइल सीआईबीको जिम्मा लगाएको छ । 

यता सीआईबीले भने सन नेपाल लाइफको आईपीओ बाँडफाँड प्रकरणमा प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी