काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो ।
महासंघले प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ सहित सम्मान गरेको छ । गोवर्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई दिँदै यसरी सम्मान गर्न पाउँदा खुशी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोवर्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’
गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी छिन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्