Skip to content
LAXMI SUNRISE BANK

कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्चमा रिट दायर

अर्थ सरोकार

काठमाडौं । कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले कोरोना बीमा रकम भुक्तानीको माग गर्दै रिट दायर गरेका हुन् ।

सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई विपक्षी बनाइएको छ । रिटको सुनुवाईका लागि भदौ २४ गते सोमबार पेशी तोकिएको छ ।

कोरोना महामारी सकिएको तीन वर्षसम्म पनि सरकारले भुक्तानी नदिएको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK