काठमाडौँ । सहुलियतमा कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा गाउँपालिका वडा नं. १ का विष्णु बहादुर कार्की रहेका छन् ।
उनले एक जनालाई साढे १४ करोड रुपैयाँ कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार ७ सय रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सोमबार बुढानीलकण्ठ नगरपालिका- ५ न्यु कोलोनीबाट पक्राउ गरेको हो ।
कृषि फार्म सञ्चालन गरेका एक युवालाई तपाईँको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५ सय ४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रतिशत ब्याजदरमा भनेर कार्कीले प्रलोभनमा पारेका थिए । त्यसपश्चात् विभिन्न बहानामा पीडितबाट १७ लाख ३१ हजार रुपैयाँ लिएर उनी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले आफू पिएचडी डाक्टर तथा हाइप्रोफाईल व्यक्ति भएको भन्दै कर्जा मिलाइदिने प्रलोभनमा पारेर रकम ठग्ने गरेका थिए ।