काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२ बस्ने ४२ वर्षीय राम कुमार जिमी रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. २५ सुन्धाराबाट पक्राउ गरेको हो ।
जिमीले तीन जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।