काठमाडौँ । भिजन सेक्यूरिटिज प्रा.लि. ले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ३० गते क्लासिक चुलो, ट्रेडमल पोखरामा आयोजना गरेको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दोश्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, अनलाइन कारोबार, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय र अनलाइन कारोबार सम्बन्धी व्यवस्था लगायतका विषयमा भिजन सेक्यूरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमल्सिनाले प्रस्ट पारेका थिए ।
त्यस्तै, दोश्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले के-कस्ता गल्तिहरु गर्छन्, के-के विषयमा ध्यान पुर्याउनु पर्छ, कम्पनी छनोट लगायतका विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने ? भन्ने विषयमा सेयर गुरु सुबास चन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा व्यवसायी, लगानीकर्ता, शिक्षक विद्यार्थी गरी २७० बढीको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्