काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय त्रिलोक कुमार यादव, २५ वर्षीय राम प्रसाद रिजाल र २० वर्षीय सुजन स्याङबो रहेका छन् ।
उनीहरुले कम्बोडिया, मलेसिया, दुबई लगायतका देशमा पठाउने भन्दै कुल ६ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये त्रिलोक कुमार यादवले तीन जनाबाट तीन लाख रुपैयाँ, राम प्रसाद रिजालले तीन जनाबाट २ लाख ४० हजार र सुजन स्याङबोले एक जनाबाट एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । हाल उनीहरुलाई थप अनुसन्धान तथा अवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।