×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय धिरबहादुर शाही रहेका छन् ।

शाहीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो । शाहीविरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कालिकोट खाँडाचक्र नगरपालिका ११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए ।

उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोट पठाएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी