Skip to content
LAXMI SUNRISE BANK

भायानेटले सार्वजनिक गर्यो ‘भायानेट महा महोत्सव’ अफर

अर्थ सरोकार

काठमाडौँ । भायानेटले ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको हो ।

ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ । यस अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा १२५ एमबीपीएसको सट्टा २०० एमबीपीएस स्पिड प्राप्त गर्न सक्नेछन्। अहिले १२५ एमबीपीएस सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० एमबीपीएसमा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ।

साथै, भायानेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउन जेडटिईको ‘मेस वाइफाई’ मा अफर ल्याएको छ। ग्राहकहरूले ‘मेस वाइफाई राउटर’ मा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउनेछन्। जसका लागि रु तीन हजार (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ। मेस अफर भायानेटका २०० एमबीपीएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ।

यसका साथै भायानेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मसिनजस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको छुट पनि पाउनेछन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK