×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारी प्रकरणमा कांग्रेस-एमालेको संलग्नता देखियो, अब भित्रभित्रै फासफुस पार्छन’ -कमल थापा

LAXMI SUNRISE BANK

‘सहकारी प्रकरणमा कांग्रेस-एमालेको संलग्नता देखियो, अब भित्रभित्रै फासफुस पार्छन’ -कमल थापा

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठूला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हंगामा भएतापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने वित्तिकै प्रकरणलाई लुकाउन खोजको बताएका हुन् ।

उनले छानविन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे ।

‘सहकारी ठगीको विषयमा ठूलो हो हल्ला भयो । छानविनका लागि समिति गठन भयो । सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन कांग्रेस र एमाले पनि ठूला नेताहरुको नाम आउन थाल्यो । त्यसपछि पहिले झै भ्रष्टाचारको काण्ड दबाएझैं गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्, उनले भने, ‘एकातिर क्लिन चिट पाए रविले भनेको छ । अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ । त्यो कस्तो प्रतिवेदन हो ? जसले जे पनि बोल्न मिल्ने । रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हंगामा भयो । जब ठूला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाउँ भाले भनेजस्तै गरी फासफुस बनाउने काम भयो ।’

त्यस्तै, उनले सरकारले र सत्तामा भएका दलहरुले ठूलो तामझामकासाथ संविधान दिवस मनाएतापनि जनताको कुनै उत्साह नरहेको बताएका छन् । सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन् भन्ने प्रमाणीत भएको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी