×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाको सेयर बजार अल टाइम हाई बिन्दुमा

LAXMI SUNRISE BANK

अमेरिकाको सेयर बजार अल टाइम हाई बिन्दुमा

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकाको सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ । अमेरिकाको सेयर बजार सूचक डाउ जोन्स र एसएन्डपी-५०० दुवै सूचक अल टाइम हाई बिन्दुमा पुगेका हुन् ।

डाउ जोन्स ५२२ अंकले बढेर ४२ हजार बिन्दु पार गरेको छ भने एसएन्डपी-५०० सूचक पनि १.७ प्रतिशतले बढेर ५ हजार ७ सय बिन्दुमा पुगेको छ ।

बुधबार अमेरिकी केन्द्रिय बैंकले ब्याजदर कटौती गरेसँगै सेयर बजारमा बढोत्तरी देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी सेयर बजारमा उत्साह देखिँदा टेस्लाको सेयर मूल्य ७.३६ प्रतिशत, मेटाको ३.९ प्रतिशत र एप्पलका सेयर मूल्य ३.७१ प्रतिशतले बढेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी