काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई बिग मार्टमा छुट हुने भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सरसमान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट हुने भएको हो ।
उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुनेछ । बैंकले विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्