×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्दिभ्स पठाइदिने भन्दै ५ लाख ठग्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माल्दिभ्स पठाइदिने भन्दै ५ लाख ठग्ने एक जना पक्राउ

७ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया जिल्ला वडैयाताल गाउँपालिका वडा नं.  ०१ घर भई हाल टोखा नगरपालिका वडा नं. ०३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वली रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ५ गते टोखाबाट पक्राउ गरेको हो ।

वलीले एक जनालाई माल्दिभ्स पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी