×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ३० रुपैयाँले बढ्यो तिते करेलाको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार ३० रुपैयाँले बढ्यो तिते करेलाको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

Artha Sarokar

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तिते करेलाको मूल्य बढेको छ । तिते करेलाको मूल्य ३० रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी १०० रुपैयाँमा कारोबार भइरहेको छ।

भारतीय ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७३ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ११५ रुपैयाँ, लोकल गाजर १८०  रुपैयाँ, तराई गाजर १५० रुपैयाँ, बन्दा लोकल ८० रुपैयाँ, बन्दा तराई ६० रुपैयाँ, स्थानीय काउली १४० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ७०, मकै बोडी ९०, घिउ सिमी लोकल ९०, टाटे सिमी ९०, भटमासकोसा ४५ रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ९०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला १३०, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ४०, बरेला १२०, पिंडालू ६०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १४० र तोरीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २५०, कन्य च्याउ १४०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो ४५०, न्युरो ७०, ब्रोकाउली ७०, चुकन्दर ७०, जिरीको साग ७०, सेलेरी ७००, पार्सले १८००, पुदिना ७००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी २००, खुर्सानी हरियो (बुलेट) २००, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन ३५०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(झोले) २५०, केरा (दर्जन) १४०, कागती २००, अनार ३००, अंगुर (कालो) ३००, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ७०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ३०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी