काठमाडौं । सरकारले सुनकोसी-मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब र भेरी बबईलाई ३ अर्ब रुपैंयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले सुनकोसी-मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब र भेरी बबईलाई ३ अर्ब रुपैंयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।