×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीपहिरो पीडितका लागि एमालेले ५० लाख सहयोग गर्ने 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाढीपहिरो पीडितका लागि एमालेले ५० लाख सहयोग गर्ने 

Artha Sarokar

१५ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेले बाढी तथा पहिरो पीडितका लागि ५० लाख सहयोगको घोषणा गरेको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरो पीडितको राहतका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने घोषणा गरेको हो । 

मंगलबार बसेको पार्टी सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । 

‘राज्यको तर्फबाट एक अर्ब रुपैयाँ छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’, पार्टी महासचिव पोखरेलले भने । 

त्यस्तै, उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पंक्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताएका छन् । साथै प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको पोखरेलले जानकारी दिएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी