×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति, हाइड्रोपावर संचालनमा आउन ८ महिना लाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाढीले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति, हाइड्रोपावर संचालनमा आउन ८ महिना लाग्ने

Artha Sarokar

१७ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मान्डु हाइड्रोपावरमा करिब एक अर्ब बढीको क्षति भएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति भएको हो ।

भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको हाइड्रोपावरको हेडवक्स, पावर हाउस, पेनेष्टक पाइप र विद्युतको टावर क्षतिग्रस्त भएको छ ।  ।

बाढीपहिरोका कारणले अहिले उक्त क्षेत्रमा विद्युत र टेलिफोन सेवा अवरुद्ध छ । बाढीले क्षतिग्रस्त बनाएको उक्त हाइड्रोपावर संचालनमा आउन कम्तीमा ७-८ महिना लाग्ने हाइड्रोपावरका संचालकहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी