×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँको मुखमा नक्कली नोटको बिगबिगी, रौतहटबाट दुईजना पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैँको मुखमा नक्कली नोटको बिगबिगी, रौतहटबाट दुईजना पक्राउ 

२० आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँको मुखमा बजारमा नक्कली नोटको बिगबिगी बढेको छ । खासगरी नोटको बढी कारोबार हुने शहर तथा व्यापारिक क्षेत्रहरुमा नक्कली नोटको बिगबिगी बढेको हो । 

यसैबीच प्रहरीले एक हजार दरका ४७ थान नक्कली नोटसहित रौतहटको चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट दुईजनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४७ हजार नक्कली नोटसमेत बरामद गरेको छ । 

शंका लागेर बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी