×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकका उच्च पदाधिकारीहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरेका हुन् ।

बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो ।

साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभाभित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी