काठमाडौँ । ‘खल्ती’ ले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ । विभिन्न युवा मैत्री मनोरञ्जनात्मक कार्यक्रम तथा रियालिटी सोहरूमा टिकटिङ र भोटिङ सेवा प्रदान गर्दै आइरहेको ‘खल्ती’ ले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको हो ।
एन् अटिजम केयर फाउन्डेसनसँग सहकार्य गर्दै अटिजम भएका व्यक्तिहरूका लागि आयोजित यस फन्ड रेजिङ च्यारिटी कन्सर्टमा युवाहरू माझ लोकप्रिय बनेको आवाज जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहनेछ भने खल्तीले सम्पूर्ण टिकटिङ को एक मात्र साझेदार को रूपमा जिम्मा लिएको छ । डिसेम्बर १४ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुन गई रहेको यस च्यारिटी कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट खल्ती एप तथा इभेन्टस् खल्ति डटकममार्फत खरिद गर्न सक्नेछन् ।
यस च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूका लागि विश्व स्तरीय शिक्षा समर्थन प्रदान गर्दै पूर्ण क्षमता सम्म पुग्न सशक्त बनाउने साथै उहाँहरूको लागि एक समावेशी समाज सिर्जना गर्ने एन् अटिजम केयर फाउन्डेसनको सामाजिक उद्देश्यका लागि प्रयोग गरिने जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्