×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुमा पैसा थुप्रियो, राष्ट्र बैंकले फेरी १ खर्ब तान्दै 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकहरुमा पैसा थुप्रियो, राष्ट्र बैंकले फेरी १ खर्ब तान्दै 

१ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ तान्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकमा निक्षेप राख्न चाहनेहरुले कात्तिक १ गते (बिहीबार) दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ राख्नेगरी आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथामिकतामा पर्नेछ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिरहँदा तरलता व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता तानिरहेको छ । तर पनि बैंकिङ प्रणालीमा कर्जाको माग भने बढेको छैन । हाल बैंकहरुमा अधिक तरलता थुप्रिएपछि अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी