काठमाडौँ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् ।
लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि न्यायाधीश नबराज दाहालको इजलासमा पेश गराइएको छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्