×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणमाथि ऋण थुपार्दै सरकार, ३ महिनामै लियो १ खर्ब ३६ अर्ब ऋण, तिर्न बाँकी ऋण सवा २५ खर्ब नाघ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ऋणमाथि ऋण थुपार्दै सरकार, ३ महिनामै लियो १ खर्ब ३६ अर्ब ऋण, तिर्न बाँकी ऋण सवा २५ खर्ब नाघ्यो !

Artha Sarokar

६ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे एक खर्ब सार्वजनिक ऋण लिएको छ । सरकारले साउन, भदौ र असोज महिनामा मात्रै १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

जसमध्ये १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण भएको अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

योसँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार यस अवधिमा सरकारले ६९ अर्ब ३ करोड रुपैयाँ ऋण तिरेकोसमेत छ । 

हाल नेपाल सरकारको नाममा आन्तरिक ऋणको हिस्सा १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्य ऋणको हिस्सा १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी