काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने तयारी गरेको छ । घिसिङसँग १५ बुँदे स्पष्टीकरणको जवाफ मागेको सरकार कुनै हालतमा घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाउने तयारीमा रहेको स्रोतको दाबी छ ।
यसो त घिसिङले सरकारलाई जवाफ बुझाउने आज अन्तिम दिन हो ।
प्राधिकरण स्रोतका अनुसार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असोज २३ गते सोधेको स्पष्टीकरणको जवाफ घिसिङले तयारसमेत पारिसकेका छन् । तर, घिसिङको स्पष्टीकरण चित्त नबुझे उनलाई प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउने तयारीमा सरकार रहेको बुझिएको छ ।
सरकारले घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण, प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजुको अद्यावधिक विवरण लगायतका विवरणहरु माग गरेको छ । साथै विगत ४ वर्षदेखि कार्यकारी निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको विवरण पनि सरकारले माग गरेको छ ।
१५ बुँदे स्पष्टीकरणमा कहिँ कतै चित्त बुझ्दो जवाफ नपाए सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनेछ । सोही अनुसार सरकारले तयारीसमेत अगाडि बढाइसकेको स्रोतले बताएको छ ।
अर्कोतर्फ डेडिकेटेड तथा ट्रंक लाइन विवादमा बिजुलीको बक्यौता नतिर्नेहरुप्रति कठोर बन्दै आएका कुलमानलाई पदबाट हटाउनका लागि व्यवसायीहरु पनि लबिङमा छन् । प्राधिकरणमा कुलमान नभए बक्यौता तिर्नुपर्दैन भन्ने मनसायका साथ बक्यौता नतिरेका व्यवसायीहरुले पनि कुलमानलाई प्राधिकरणबाट हटाउने गरी लबिङ गरिरहेका छन् । कुलमानले तयार पारेको विवरणसहितको स्पष्टीकरण बुधबार दिउँसो बुझाइने प्राधिकरणका एक कर्मचारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्