×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यानडामा स्वदेशी भन्दा विदेशी कामदार धेरै, स्थानीयले काम पाउनै छोडेपछि क्यानडा जान थप कडाई गरिँदै !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

क्यानडामा स्वदेशी भन्दा विदेशी कामदार धेरै, स्थानीयले काम पाउनै छोडेपछि क्यानडा जान थप कडाई गरिँदै !  

Artha Sarokar

८ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । क्यानडाले विदेशी कामदारको संख्या घटाउने तयारी गरेको छ । स्वदेशी कम्पनीहरुमा स्वदेशी भन्दा विदेशी कामदारको संख्या अत्याधिक भएपछि क्यानडेली सरकारले विदेशी कामदारको संख्या घटाउने तयारी गरेको हो । 

विदेशी कामदारको संख्या घटाउने तयारी गरेकोबारे क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

प्रधानमन्त्री ट्रुडोका अनुसार क्यानडा सरकारले सन् २०२५ सम्म अध्यागमन संख्या घटाउने लक्ष्य लिएको छ भने कम्पनीहरुमा स्थानीय कामदार राख्नुपर्नेगरी कडा नियमहरु बनाउने तयारी गरेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडाले सन् २०२५ मा ३ लाख ९५ हजार नयाँ आप्रवासीलाई प्रवेश दिनेछ भने सन् २०२६ र सन् २०२७ मा क्रमशः ३ लाख ८० हजार र ३ लाख ६५ हजार आप्रवासीलाई प्रवेश अनुमति दिनेछ । जुन यसवर्ष ४ लाख ८५ हजार भन्दा कम भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

त्यस्तै, क्यानडाले सन् २०२५ मा अन्तराष्ट्रिय अध्ययन अनुमति पनि १० प्रतिशतले कम गर्नेछ । अर्थात, सन् २०२५ मा ४ लाख ३७ हजारले मात्रै क्यानडाका लागि अन्तराष्ट्रिय अध्ययन अनुमति पाउनेछन् । जबकी क्यानडाले सन् २०२४ मा ४ लाख ८५ हजारलाई अन्तराष्ट्रिय अध्ययन अनुमति प्रदान गरेको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी