×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चिट’ काटेरै ३ महिनामा ट्राफिक प्रहरीले २ करोड ७९ लाख राजस्व उठायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘चिट’ काटेरै ३ महिनामा ट्राफिक प्रहरीले २ करोड ७९ लाख राजस्व उठायो

Artha Sarokar

११ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी