Skip to content
LAXMI SUNRISE BANK

सनलाइफ क्यापिटलद्वारा लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडले वर्ल्ड इन्भेस्टर विक-२०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरुलाई लक्षित गरेर लगानिकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ ।

क्यापिटलले कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यक्तित्वहरुको सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा नेपाली धितोपत्र बजारको पृष्ठभुमि, नेपालि धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानिकोष र योजना सम्बन्धि बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तरकृया गरिएको थियो ।

साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर वर्ल्ड इन्भेस्टर विक २०२४ को अवसरमा सनलाइफ क्यापिटल लिमिटेडले कार्तिक ११ गते एभरेस्ट सेकेण्डरी बोर्डिङ स्कुल  पाखा, काठमाण्डौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK