काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्तिक १३ गते बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाडौँमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा सो सभा सम्पन्न भएको हो ।
यस साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०८०-८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आव २०८१-८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।
कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि मिति २०८१ आश्विन २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी गराएका छन् ।
साथै, कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गर्नुभयो । कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे बैंक, नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्