काठमाडौँ । खातामा पैसा नहुँदा नहुँदै ८४ लाखको चेक दिने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा डडेल्धुराकी ३५ वर्षीया निलम पनेरु रहेकी छिन् ।
उनले खातामा पैसा छैन भन्ने थाहा हुँदा हुँदै विभिन्न व्यक्तिलाई ८४ लाख ९० हजारको चेक दिएकी थिइन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उक्त महिलालाई कात्तिक २१ गते पक्राउ गरेको हो ।
पक्राउ परेकी महिला विरुद्ध दिपा कुमारी खरेल, रिता न्यौपाने, दिल माया रोकाय, हेमराज उपाध्याय, सगुन घिमिरे र दिपा कुमारी चन्दले जाहेरी दिएका थिए ।
हाल पनेरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि काठमाडौँ जिल्ला अदालत बबरमहल, पठाइएको प्रहरीले जनाएको छ ।