काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारीको ज्यानै लिनेगरी भएको कुटपिटको घटनामा संस्थाका अध्यक्षले हस्तक्षेप गरेको आरोप लागेको छ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्ज भएर बनेको नेरुडे मिर्मिरेमा कार्तिक १२ गते संस्थाको कोशी प्रादेशिक कार्यालयका सहायक निमिष आचार्यमाथि भएको कुटपिटको घटनामा संस्थाका अध्यक्ष मनि कुमार अर्ज्यालले हस्तक्षेप गरेको आरोप लागेको हो ।
कुटपिटको घटनापछि पीडितले प्रहरीमा दिएको जाहेरीमा अर्ज्यालले आफ्ना मान्छेको नाम हटाउन लगाएको पीडितका आफन्त र स्वयम् संस्थाका कर्मचारीहरुले आरोप लगाएका छन् ।
कुटपिटपछि पीडित आचार्यले प्रहरीमा जाहेरी दिन जाने क्रममा संस्थाका अध्यक्ष अर्ज्यालले जाहेरीबाट दुई जनाको नाम काट्न लगाएको मिर्मिरे कर्मचारी युनियनका महासचिव मोहम्मद मक्सद अन्सारीले आरोप लगाएका छन् ।
अन्सारीका अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङमा कुटपिटमा संलग्हरुको नामसहितको जाहेरी दिन जाँदा अध्यक्ष अर्ज्यालले आजाद आलम र भूवन अधिकारीको नाम काट्न लगाएका हुन् । ‘उजुरी दिन जाँदा संस्थाका अध्यक्ष मनि अर्ज्याल सरले जाहेरीबाट दुई जनाको नाम काट्न भन्नुभयो ।’, अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै अन्सारीले भने, ‘अनुसन्धान नहुँदै उनीहरुको संलग्नता छैन भनेर आजाद आलम र भूवन अधिकारीको नाम काट्न लगाएर अध्यक्षज्यूले राजनीति गर्नुभयो ।’
यता संस्थाका अध्यक्ष अर्ज्यालले भने उक्त घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेकोले आफूले केही बोल्न नमिल्ने बताए । ‘जाहेरीमा उल्लेख भएका नाम हामीले दिएको होइन, घाइतेले दिएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अर्ज्यालले भने, ‘प्रहरीमा जाहेरी परिसक्यो, प्रक्रियामै छ । अनुसन्धान भइरहेको विषय भएकाले मैले केही बोल्न मिल्दैन ।’
त्यस्तै, उनले आफूले जाहेरीमा नाम काट्न नलगाएको, जाहेरीमा उल्लेख भएका नाम घाइतेले नै दिएको भन्दै र आफू उक्त घटनामा मुछिने व्यक्ति नभएको दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्