काठमाडौँ । आरम्भ चौतारी लघुवित्तको खुद नाफामा उल्लेख्य बढोत्तरी देखिएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७४५.६७ प्रतिशतले धेरै हो ।
गत वर्षको सोहि अवधिमा आरम्भ चौतारी लघुवित्तले २५ लाख ४४ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
कम्पनीको संचालन नाफा बढ्दा खुद नाफा पनि बढेको हो । कम्पनीको संचालन नाफा ७५४.७३ प्रतिशतले बढेर ३ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८६ प्रतिशतले बढेर ८ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष लघुवित्तले ६ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा पनि घटेको छ । कम्पनीको खराब कर्जा ५.४९ प्रतिशतबाट घटेर २.१४ प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ ६७ पैसाले बढेर २३ रुपैयाँ ४४ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्