काठमाडौँ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ ।
कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल पुर्याएर रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा निजसँग बयान जारी छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसँग बयान लिइएको हो ।
पूर्वमन्त्री लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्