काठमाडौँ । बुद्ध एयरले रात्रिकालीन उडानको भाडा दर घटाएको छ । एयरलाइन्सले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको रात्रिकालीन भाडा घटाएको हो ।
कम्पनीका अनुसार पोखराको लागि ५००, भद्रपुर तथा नेपालगञ्जका लागि १००० तथा जनकपुरधामका लागि ८०० रुपैयाँ भाडादर घटाइएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सीमित उडानकाबीच बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान समेत सुरु गरेको छ ।
त्यस्तै, काठमाडौँ वा पोखराबाट अन्तराष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज छुट दिएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्