×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

२८ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारेर अल्बानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ दक्षिणढोका बस्ने २९ वर्षीय मणि कुमार तामाङ रहेका छन् ।

उनले वैदेशिक रोजगारीका लागि एक जनालाई अल्बानिया पठाउने भन्दै ५ लाख ३ हजार ९ सय रुपैयाँ ठगी गरेका थिए । विदेश पठाउने भन्दै पीडितबाट पैसा लिए पश्चात विदेश नपठाई उनी सम्पर्क विहीन भएका थिए ।

तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कार्तिक २६ गते दक्षिणढोकाबाट पक्राउ गरेको हो ।  हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी