काठमाडौं । छैटौं सगरमाथा म्युजिक अवार्ड-२०८१ सम्पन्न भएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोह काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न भएको हो ।
समारोहमा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान प्रदान गरेका हुन् ।
अवार्ड कार्यक्रममा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मानबाट नेपाल समाचारपत्रकी सम्वाददाता रश्मि थापालाई सम्मान गरिएको थियो ।
यस्तै, सगरमाथा शिक्षा सेवा सम्मानबाट शिव थापा, समाजसेवा सम्मानबाट भगवान कार्की सम्मानित भएका थिए । कलाकार रिना थापामगरलाई पनि सगरमाथा कला सम्मानबाट सम्मान गरिएको थियो ।
जुरी संयोजकमा वरिष्ठ गीतकार बद्री पाण्डे रहेका थिए भने सदस्यहरुमा कलाकार यज्ञराज गिरी (राज टाइटर), साउण्ड मिक्सिर मनोज परियार रहेका थिए । अवार्डलाई ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक, निर्मल बाटिका एकेडेमी, ओरेन्ज बल प्रालि, कर्मालय ह्यान्डीक्राप्ट र नेपाटपले प्रायोजन गरेको थियो । सगरमाथा म्युजिक अवार्डको पाँच संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ ।
सगरमाथा म्युजिक अवार्डमा ‘वीर नेपाली सेना’ बोलको गीतबाट गीता पाण्डे सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, चलचित्र ‘ऐंचो पैंचो’को ‘काले केटाले’बाट आषिश अविरल चलचित्र गीत, ‘जुन मायाको पूजा गरेँ’बाट नारायण थापा पप आधुनिक गायक, ‘सुनौली बिहानी-२’ बाट सञ्जना श्रेष्ठ पप आधुनिक गायिका, ‘हे बरैबाट’ तारा अधिकारी पप आधुनिक गीतकार, ‘एक चिम्टी सिन्दुर’बाट सरोज कोइराला, पप आधुनिक संगीतकार, ‘म हास्दा’बाट सागर खनाल, पप आधुनिक मोडल ‘दुःख टर्या’ छैनबाट शिव सुवेदी, लोक दोहोरी शब्द ‘त्यो मन रुन्छ रुन्न खै’बाट शम्भु कुँवर, लोक दोहोरी लय ‘घुमाउने घर’बाट पुष्प खड्का र ‘ठूली’बाट रजनी गुरुङ, लोक दोहोरी मोडल, ‘जिन्दगी त सँगै’बाट दीपक गिरी, म्युजिक भिडियो छायांकार ‘लमजुङको पानी रसिलो’बाट उमेश गुरुङ, म्युजिक भिडियो निर्देशक ‘जीवनको रेल’बाट वीरेन्द्र भाट विपिन म्युजिक भिडियो सम्पादकको अवार्ड प्राप्त गरेका छन् ।
समारोहमा कार्यक्रम संयोजक मनोज थापाले स्वागत मन्तव्य राख्दै सम्मानित र अवार्ड विजेतालाई बधाई ज्ञापन गरेका थिए भने प्रमुख अतिथि कोइरालाले गीतकार कालीप्रसाद रिजाललाई सम्मान गर्न पाउँदा सम्पूर्ण कला जगतका साथै आफू पनि सम्मानित भएको महसुस गरेको सुनाए ।
कार्यक्रमका सभापति तथा अवार्ड प्रमुख पुरुषोत्तम बस्नेतले केही समयअघि छैटौं संस्करणको अवार्ड थाइल्यान्डको बैंककमा २५ जनाको टोलीसहित भव्यरूपमा सम्पन्न गरेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्