×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस’ कम्पिटिसन आयोजना गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस’ कम्पिटिसन आयोजना गर्ने

Artha Sarokar

३ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिटिसन -२०८१’ आयोजना गर्ने भएको छ । बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको ‘गरिमा रोड रेस कम्पिटिसन–२०८१’ आयोजना गर्ने भएको हो । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।

खुल्लातर्फको १० किलोमिटर ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।

सो कार्यक्रममा महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने बैंकको योजना रहेको छ ।

२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाडौंमा ‘गरिमा रोड रेस कम्पिटिसन –२०८१’ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ ।

बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी