काठमाडौं । क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष धुर्वराज शर्मा सुदिपको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।
क्यान बाँकेको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार खड्का, उपाध्यक्षमा ओस्कर थापा र सचीवमा रमेश क्षेत्री छन् । त्यस्तै सहसचिवमा बिष्णु प्रसाद कंडेल र कोषाध्यक्षमा रेमन्त बहादुर खत्री र सदस्यहरुमा जिता कुमारी रावत, निसान्त कुमार शाक्य, दिनानथ सोनि, उत्तम क्षेत्री, अमर महतारा, महेश चौधरी, अन्कित श्रीवास्तब र रोशनी पौडेल चयन भएका छन् ।

क्यान बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको बिशिस्ट अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनाल, बिशिस्ट अतिथि क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष इश्वर पोख्रेल, बिशिष्ट अतिथि पुर्व केन्द्रिय उपाध्यक्ष तथा पुर्व अध्यक्ष सन्जय थापा, बिशिस्ट अतिथि पुर्व अध्यक्ष जितेन्द्र जोशी तथा भुपाल गिरिको अतिथी तथा क्यान बर्दियाको पुर्व अध्यक्ष नवनिर्वाचित पदाधिकारी सहितको उपस्थिति थियो ।
कार्यक्रममा बर्दियाका कर्ण बहादुर बुढा क्षेत्रीलाई मोबाइल एप निर्माण गरि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा पहिचान कमाउन सफल एप डेभलपरलाई सम्मान गरेको छ । उक्त उद्घाटन सत्रको अध्यक्षता शिशिर नारायण श्रेष्ठले गर्नु भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्