काठमाडौँ । भन्सार शुल्क घटेसँगै सुनको मूल्य ह्वातै घटेको छ ।
एकै दिन तोलामै १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेपछि सुन पसलमा सुन किन्नेहरुको भीड बढेको छ । एकै दिन नसोचेको गरि सुनको भाउ घटेपछि सुन किन्नेहरू बढेका हुन् ।
विशेषगरी आउँदो विवाह पञ्चमीको दिन विवाहको तयारी गरिरहेकाहरूको भीड सुन पसलहरूमा बढी देखिएको छ ।
यता, सुनचाँदी पसलमा सुन बेच्नेहरुको सङ्ख्या भने शून्यप्राय देखिएको छ । सुनको भाउ ह्वात्तै घटेपछि सकेसम्म सुन किन्नेहरू बढ्दा सुन बेच्ने ग्राहकहरू नगन्य देखिएका छन् । अन्य दिन सुन बेच्नेहरू पनि सुन पसलहरूमा प्रशस्तै देखिन्थे ।