×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

Artha Sarokar

१० मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको हो ।

बागतमी प्रदेशबााट योग्य भएका करिब ११० जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेको थियो । साथै, स्किमा व्यवस्था भए अनुरुप अलिए क्वालिफायर बिजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका हुन् । समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट तीन सय भन्दा बढि अभिकर्ताहरु छनौट भएकोमा बागमती प्रदेशबाट मात्रै ११० जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुबैैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी