Skip to content
LAXMI SUNRISE BANK

प्रोग्रेशिभ फाइनान्सकाे नयाँ शाखा हेटौंडामा, शाखा संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । प्रोग्रेशिभ फाइनान्सले वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं २ मा आठौं शाखा कार्यालयका रुपमा साेमबारदेखि कारोबार सञ्चालन गरेको छ ।
देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखा कार्यालय स्थापना गरिएको फाइनान्सले जनाएकाे छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड-१९ को महामारीका बीच स्थापना गरिएको यस नयाँ शाखाले हेटौंडा उपमहानगरपालिका सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वा लगायतका डीजीटल बैकिङ सम्बन्धी सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा संचालन गर्ने योजना अघि बढाएको जनाएकाे छ ।
कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाले हाल ७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत आफ्ना सेवा तथा सुविधाहरु प्रवाह गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK