काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ०८ नयाँ बानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवर रहेकी छिन् ।
उनले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर पोल्याण्ड पठाउने भन्दै एक जनाबाट तीन लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।