काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोद देव पन्तले आईपीओ आउनु राम्रो भए पनि जस्तोसुकै कम्पनीको आईपीओ आउनु भने राम्रो नभएको बताएका छन् ।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएसँगै पाइपलाइनमा भएको कम्पनीहरुको आईपीओ धमाधम आउँछ भन्ने प्रसंगमा बोल्दै पन्तले आईपीओ आउनु राम्रो भए पनि वित्तीय अवस्था कमजोर भएका कम्पनीहरुको आईपीओ आउनु भने बजार र लगानीकर्ता दुवैका लागि नराम्रो भएको बताएका हुन् ।
पन्तले बोर्डमा आईपीओको स्वीकृति माग गर्दै आवेदन दिएका कम्पनीहरुमा अधिकांश कम्पनीको अवस्था राम्रो नभएको दाबी गरेका छन् । ‘आईपीओ त्यस्ता कम्पनीको आउँछ, जसलाई ग्रोथ गर्नका लागि फण्ड चाहिएको हुन्छ ।’, उनले भने, ‘आईपीओ आउनुपर्छ, आउन दिनुपर्छ तर कम्पनीको अवस्थाका आधारमा कम्पनीको आईपीओ रोक्ने वा कम्पनीलाई ने डिलिष्ट गर्न सक्ने आँट नियामकले गर्नुपर्छ ।’
यसो गर्दा बजारमा राम्रा कम्पनी रहने र नराम्रा कम्पनी बाहिरिने हुँदा त्यसले बजार र लगानीकर्ता दुवैलाई दीर्घकालीन रुपमा बलियो बनाउने पन्तको भनाई छ ।
त्यस्तै, पन्तले अहिले सेयर बजारमा २०० रुपैयाँ पनि नेटवर्थ नभएको कम्पनीलाई प्रिमियम मूल्यमा ९ सय रुपैयाँसम्म हाल्नुपर्ने स्थिति देखिनु गलत भएको बताएका छन् । उनले आईपीओ आयो भन्दैमा जस्तो पायो त्यस्तै कम्पनीको आईपीओ नभर्न पनि सुझाव दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्