Skip to content
LAXMI SUNRISE BANK

‘कर्पोरेट ब्रोकर मिट अप’ कार्यक्रम सम्पन्न, स्टक ब्रोकर एशोसिएसनमा आबद्ध हुने/नहुने विषयमा छलफल 

अर्थ सरोकार

काठमाडौँ । कर्पोरेट ब्रोकरहरुले विशेष भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेका छन् । हिमालयन सेक्युरिटिज लिमिटेडको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कर्पोरेट ब्रोकरहरुले सेयर बजारका विभिन्न आयामहरुका बारे छलफल गरेका हुन् । 

छलफलमा वर्तमान पुँजीबजार, पुँजी बजारका नियामक, कर्पोरेट ब्रोकरहरुको विद्यमान स्थिति, सम्भावना र चुनौतीहरुका विषय समेटिएका थिए । 

सेयर बजारका विद्यामान अभ्यासहरुका बारेमा समेत सो छलफल केन्द्रित रहेको र छलफल निकै उपयोगी रहेको सहभागीहरुले जनाएका छन् । छलफलका क्रममा स्टक ब्रोकर एशोसिएसन नेपालको सदस्यता लिने वा नलिने भन्ने विषयमा छलफल भएको समेत भएको थियो ।

यद्यपि सो एशोसिएसनमा आबद्धताका विषयमा अन्तिम निर्णय भने गरिनसकिएको बताइएको छ । कर्पोरेट क्षेत्रले लगानी गरेका कुल १३ ब्रोकर सञ्चालनमा छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK