काठमाडौँ । क्यान महासंघ जिल्ला शाखा रसुवाको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति गरेको छ । अधिवेशनले अध्यक्षमा सुविन्द्र जोशी र सचिवमा सन्जीव तामाङलाई सर्वसम्मत चयन गरेको हो ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ रसुवाको वार्षिक साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय महासचिव चिरन्जिवी अधिकारीको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।
क्यान महासंघका महासचिव चिरञ्जिबी अधिकारीले क्यान रसुवाको अध्यक्ष सुबिन्द्र जोशीलाई एक गतिशील नेतृत्वकर्ता रहेको भन्दै स्थानीय स्तरको आईसीटी विकास, डिजिटल साक्षरता र युवा केन्द्रीत कार्यक्रम तथा गतिविधिहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । महासचिव अधिकारी नेपाल चेम्बर अफ कमर्सका साइबर सुरक्षा सल्लाहकार, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका आईसीटी विशेषज्ञ सदस्य र नेपाल कपीराइट कार्यालयका आईसीटी विशेषज्ञ पनि हुन् ।
क्यान महासंघ रसुवा शाखाका अध्यक्ष सुबिन्द्र जोशीले भने, ‘हामी डिजिटल रसुवामा ध्यान केन्द्रित गर्दै छौं र प्रदेशस्तरीय र केन्द्रीय क्यानसँग समन्वय गरेर विभिन्न आईसीटी कार्यक्रमहरू संचालन गर्दैछौं।’ क्यान रसुवाको नयाँ नेतृत्वको उपाध्यक्षमा दावा मेन्दो तामाङ,सचिवमा सन्जीव तामाङ, सह–सचिवमा गणेश सापकोटा, कोषाध्यक्षमा हरिष अवस्थी र सदस्यमा सौगात अधिकारी निर्वाचित भएका छन् ।
क्यान रसुवाको वार्षिक साधारणसभा तथा अधिवेशनको विशिष्ट अतिथि केन्द्रिय सचिव तथा प्रतिनिधी शेखरनाथ दुलाल, क्यान महासघ दोलखा शाखाका निवर्तमान अध्यक्ष सुदिप घिमिरे, क्यान महासंघ नुवाकोट शाखाका निर्वतमान अध्यक्ष पवन नेपाल, क्यान महासंघ नुवाकोट शाखाका नवनिर्वाचित अध्यक्ष नारायण कुमार घले तथा वर्तमान कार्यसमितीको समेत उपस्थिती थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्